रौतहट , २० भदौ //
चन्द्रपुर नगरपालिकाभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको २५ मिटर अतिक्रमित क्षेत्र खाली गरिने भएको छ ।
चन्द्रपुर नगरपालिकाका नगरप्रमुख संजय कुमार काफ्लेले एक सुचना जारि गर्दै राजमार्ग छेउ अतिक्रमण गरेर बनेका घर ,टहरा ,फलफुल पसल ,निर्माण सामाग्री ७ दिनभित्र हटाउन आग्रह गरेका छन्।
आइतबार चन्द्रपुर नगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले पूर्व–पश्चिम राजमार्गको दाँयाबाँया २५ मिटर र गौर–चन्द्रनिगाहपुर राजमार्ग दाँयाबाँया १५ मिटर खाली गराउने निर्णय भएको भएको सुचनामा उल्लेख गरिएको छ।
उनले चन्द्रपुर नगरपालिकालाई सुन्दर तथा व्यवस्थित नगर बनाउन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने जनाउँदै यसमा सरोकारवाला सबैको साथ, सहयोग र सहकार्यको आवश्यकता रहेको बताए।