रौतहट , २३ असार //
रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ६ रामनगरबाट स्रोत नखुलेको दस लाख रकम सहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत राज्यको मुम्बई माहाराष्ट बस्ने मोहम्मद साहिद रहेका छन्।
रामनगरबाट हुदै जयनगर जाँदै गरेको बिआर ०५ यु ५१६५ नम्बरको मोटरसाइकललाई शंका लागी रोकी जाँच गर्दा उनको साथबाट श्रोत नखुलेको नेपाली दश लाख बरामद गरिएको रामपुर खाप सशस्त्र बि.ओ.पी रामपुर खापबाट प्रहरी नायब निरीक्षक कृष्णनन्दन राय यादवले जानकारी दिए ।
रकम सहित पक्राउ परेका मोहम्मद विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको यादवले जनाए।