सिरहा , ८ साउन //
सिरहामा बाख्रा चराउने क्रममा हराएकी एक महिलाको शव दुई दिनपछि फेला परेको छ ।
गत बिहीबारदेखि हराएकी ती महिलाको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जिल्लाको विष्णुपुर गाउँपालिका–२ बस्ने ४७ वर्षीया उर्मिलादेवी यादवको शव खोलामा फेला परेको हो।
बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता सुभाष बुढाथोकीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।