वीरगञ्ज , ६ साउन //
वीरगञ्जमा चट्याङ् लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर-२८ बगही टोलका ३२ वर्षीय दिनानाथ ठाकुर रहेका छन् ।
बिहीबार साझ साढे ५ बजेको समय आफ्नै खेतमा काम गरिरहेको बेला अचानक परेको चट्याङ् लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।