महोत्तरी , १४ साउन //
महोत्तरीमा आफ्नै ८ वर्षीय भतिजीलाई जबर्जस्ती करणी गरेको आरोपमा काकालाई प्रहरीले पक्राउ गरेको छ।
गत साउन १० गते राति करिब १० बजे भतिजीलाई आफ्नो कोठामा बोलाई जबरजस्ती करणीको गरेको आरोप पीडित पक्षले लगाएका छन् ।
बर्दिबास नगरपालिका बस्ने बालिकाको परिवारले दिएको किटानी जाहेरीको आधारमा प्रहरीले आरोपी काकालाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका काकाको नाम भने प्रहरीले खुलाएको छैन । २४ वर्षीय आरोपितलाई इलाका प्रहरी कार्यालय बर्दिबासले हिरासतमा राखेको छ ।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायव उपरीक्षक रवि रावलले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले बालिकाको ठेगानासमेत गोप्य राखिएको जानकारी दिए ।
उनका अनुसार आरोपित काकालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा शुक्रबार पक्राउ गरिएको हो।
पक्राउ परेका काकालाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत महोत्तरीबाट पाँच दिनको म्याद थप गरि यससम्बधमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।