रौतहट ,२० असार //
रौतहटको बौधीमाई नगरपालिकामा सर्पले टोकेर एकजना बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय छोरा अनमोल कुशवाहा रहेका छन्।
कुश्वाहालाई शनिबार राति करिब ९ बजे आफ्नै घरको आगनमा सर्पले टोकेको जनाइएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।