बारा ,२० असार//
बारामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको परवानीपुर गाउँपालिका– ५ बहुअरीका उपेन्द्र प्रसाद पटेलको ११ वर्षीय छोरा प्रिन्स पटेल रहेका छन् ।
घरमा जडान भएको मोटर चालउने क्रममा करेन्ट लागेर बालक घाइते भएका थिए ।
घाइते बालकको वीरगञ्जस्थित मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।