रौतहट , २० असार //
रौतहटको बागमती नदीमा दुई जना भारतीय नागरिकको शव फेला परेको छ । बागमती नदीमा पौडी खेल्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका थिए ।
रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न आएका भारतको सीतामढी जिल्ला कोट्बजारका ३१ वर्षीय मयंक अग्रवाल र ३१ वर्षीय गोलु कुमारको शव रौतहटको वृन्दावन नगरपालिका १ सल्लेरी नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ।
उनीहरु शनिबारदेखि नै बेपत्ता भएका थिए।