Monday, January 27, 2025

एक वर्षभित्र मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर ५८५ जनाको मृत्यु

पछिल्लाे समाचार


रौतहट , ८ साउन //
एक वर्षभित्र मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर ५८५ जनाको मृत्यु भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ५ हजार ७ सय ११ वटा सवारी दुर्घटना हुँदा ५ सय ८५ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

ज्यान गुमाउनेहरूमध्ये ४ सय ४८ जना पुरुष, ८१ जना महिला, ४२ बालक र १४ बालिका रहेका छन् ।

यस्तै, दुर्घटनामा परेर ९ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन्। गत आवमा दुर्घटनामा परेर ९ हजार ४ सय ६४ जना घाइते भएका थिए।

जसमा ६ हजार ६ सय ३४ जना पुरुष, १ हजार ५ सय २७ महिला, ८ सय ५७ बालक र ४ सय ४६ बालिका घाइते भएको प्रहरी प्रवक्ता तुलबहादुर कार्कीले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु