रौतहट , ३ साउन //
रौतहटको एक विद्यालयका एक करार शिक्षकको शिक्षक पद खारेज भएको छ।
विद्यालयमा अनुशासनहिन र आंचारसहिंता विपरित काम गरेको भन्दै जिल्लाको फतुवाविजयापुर २ स्थित सितलपुरमा कार्यरत राजकुमार यादवको शिक्षक पद खारेज भएको हो।
फतुवा विजयपुर नगरपालिका वडा न २ का वडा अध्यक्ष अनिरुद्ध यादव उर्फ संजय यादव र मावि सितलपुर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र यादवले संयुक्त रुपमा बिज्ञप्ति जारि गर्दै यादवलाई खारेज गरेका हुन्। फतुवा विजयपुर नगरपालिका वडा न २ समितिको मिति २०७९ साउन १ गते को बैठको निर्णय अनुसार श्री माबि सितलपुरमा निजि श्रोत नि मा वि करारमा नियुक्ति लिई कार्यरत शिक्षक राजकुमार यादवले विद्यालयमा राजनितिकरण गरि विद्यालयको वातावरण उथलपुथल गरेको र विद्यालय संचालनको समयमा आफ्ना घन्टी छोडी कुर्सीमा मस्त निन्द्रामा सुति अनुशासनहिन काम गरि सरकारी विद्यालय प्रतिको अभिभावकहरुको बिस्वास समेत गुमेकोले र सो अनुशासनहीन खबरहरु एफ एम रेडियो , सामाजिक संजाल , पत्र पत्रिकामा समेत भाइरल बनेकोले निज शिक्षको मिति २०७९ साउन १ गते देखि तलब भता रोक्की नियुक्ति समेत खारेज गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता शिक्षकका कारण सामुदायिक विद्यालय प्रति विद्यार्थी तथा अभिभावकको सोच नकारात्मक बन्दै गएको वडा अध्यक्ष यादवको भनाई रहेको छ।
यस्तै फतुवा विजयपुर नगरपालिकाबाट प्राप्त मावि तहको शिक्षण सिकाई अनुदान कोटामा विद्यालयमा अग्रेजी शिक्षकको अभावमा पठनपाठनमा प्रत्यक्ष असर परिरहेको हुनाले अग्रेजी शिक्षक व्यवस्थापन गर्नको लागि नगरपालिका बाट समन्वय गरि खुला बिज्ञापनबाट अग्रेजी शिक्षक नियुक्ती गर्न बिज्ञापन प्रक्रिया अगाडी बढाउन वडा अध्यक्ष संजय यादवद्वारा हस्तारिक्ष बिज्ञप्तिमा उल्लेख गरिएको छ।