Sunday, January 26, 2025

सप्तरीमा कुटपिटबाट छोरालाई बचाउन जाँदा आमाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी , ३२ असार //
सप्तरीमा कुटपिट भइरहेका छोरालाई बचाउन जाँदा आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका ८ प्रवाहापट्टीटोल बस्ने ६० वर्षीया जिरा देवी मण्डल रहेकी छन्।

मण्डलका छोरा २६ वर्षीय मनोज मण्डल बिहीबार राति साढे १० बजे साईकलमा मल लिएर घर आउँदै गर्दा एक बालकको जिउमा छोइएपछि विवाद भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जनाएका छन्।

उनका अनुसार सोही विषयलाई लिएर कुटाकुट हुँदा जिरा देवी छोरालई बचाउन पुगेकी थिइन् । त्यस क्रममा उनीमाथि समेत कुटपिट हुँदा गम्भीर घाइते भएकी उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको डिएसपी काफ्लेले जानकारी दिए ।

कुटपिट गर्ने व्यक्तिहरुको पहिचान गरी खोजतलाश कार्य जारी रहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु