Thursday, January 23, 2025

रौतहट प्रहरीद्वारा जोखिममा रहेका २ वालिकाको उद्वार

पछिल्लाे समाचार


रौतहट , ११ साउन //

जोखिममा रहेका २ वालिकालाई रौतहट प्रहरीले उद्दार गरेको छ ।

गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल भारत मैत्री अनाथ आश्रमबाट जोखिममा रहेका वालवालिकाहरुलाई उद्दार गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, गौर नगरपालिका कार्यालय, राष्ट्रिय वालअधिकार परिषद, वालवालिका खोजतलास प्रदेश समन्वय केन्द्र, सि.जप., वाल हेल्प लाईन १०९८ कलैया बारा, सम्बन्धित वडा अध्यक्ष र जिल्ला प्रहरी कार्यालय रौतहट गौर लगायत अन्य जनप्रतिनिधीहरुको सहयोगमा ती बालिकाहरूलाइ उद्वार गरिएको प्रहरीले जनाएको छ।

अन्दाजी १३ वर्षिया मनिषा कुमारी र ७ वर्षिया खुसी कुमारीलाई उद्दार गरी अस्थायी संरक्षण केन्द्रमा सुरक्षित साथ राख्नको लागि सो संस्थाको कार्यक्रम संयोजक मुकेश कुशवहालाई जिम्मा लगाई पठाईएको रौतहट प्रहरीले जनाएको छ

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु