पर्सा , २२ असार //
पर्साबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश मउ कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान भारती र भारत विहार जिल्ला बेतीया पश्चिम चम्पारण डाकघर तेलुवा १० का २८ वर्षीय सुनिल भारती रहेका छन्।
मंगलबार राति १० बजे वीरगञ्ज महानगरपालिका २८ बगहीको बाटो हुँदै लागूऔषध गाँजा ओसार पसार भइरहेको सूचनाको अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरीबाट खटेको टोलीले वीरगन्ज २८ बगही गेट नजिकबाट भारतीय नम्बर प्लेटको कारलाई चेक जाँच गर्दा दुवैजनालाई ९० किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।