सर्लाही ,८ साउन //
सर्लाहीबाट नक्कली नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सीतामढी थाना सोनवर्षा ग्राम परछुहिया ९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेका छन्।
पासवानलाई शनिबार राति करिब साढे ८ बजेको समयमा हरिवन नगरपालिका ११ हरिवन बजारस्थित कार्की पुस्तक पसलअगाडि नेपाली नक्कली नोट चलनमा ल्याउँदै गरेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
प्रहरीको टोलीले पासवानलाई ५० हजार नक्कली रुपैयाँसहित नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।