धनुषा , ३२ असार //
धनुषामा ५९० घरधुरीमा जग्गाधनी प्रमाणपत्र लालपुर्जा वितरण गरिएको छ ।
नापी कार्यालय धनुषाले औरही गाउँपालिका वडा नं. २ साविकको गाविस देउरी परवाहामा जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गरेको हो ।
कार्यालय प्रमुख सुमन किशोर मिश्रले सो गाविसमा ५९० घरधुरीमा लालपुर्जा वितरण गरिएको जानकारी दिए ।