Thursday, January 23, 2025

जनकपुरमा अचेत अवस्थामा फेला परेका एक पुरुषको मृत्यु

पछिल्लाे समाचार


धनुषा , ३ साउन //
जनकपुरमा अचेत अवस्थामा फेला परेका एकजना पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका ४ माछा बजार चोकमा अचेत अवस्थामा फेला परेका अन्दाजी ४६ बर्षीय पुरुषको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु प्रहरीले जनाएको छ।

सोमबार साँझ ती व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

अचेत अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए ।

मृतकको आफन्त वा कसैले चिनेको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु