सर्लाही , २ साउन //
सर्लाहीको मलंगवा नगरपालिकाले करार तथा ज्यालादारी कर्मचारीलाई हटाएको छ ।
नगर कार्यपालिकाको बैठकले स्वीपर, कम्प्यूटर अपरेटर, कार्यालय सहयोगीसहित करिव सय जना करारका कर्मचारीलाई कामबाट हटाउने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी राजकुमार अधिकारीले बताए ।
करार र ज्यालादारी कर्मचारीको असार ३२ गतेबाट सम्झौता म्याद सकिएको छ । साउन १ गते हिजैदेखि उनीहरुको म्याद थप तथा नवीकरण नगर्ने भनी कार्यपालिका बैठकबाट निर्णय भएको नगरपालिका कार्यालयले जनाएको छ ।