महोत्तरी , ९ साउन //
प्रतिबन्धित लागूऔषधसहित महोत्तरीबाट तीनजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा सिन्धुलीको दुधौली नगरपालिका १० का २७ वर्षीय प्रदिप सेन्चुरी, उनको श्रीमती २६ वर्षीया दिलमाया भुजेल र २२ वर्षीय बिशाल सेन्चुरी रहेका छन्।
आइतवार दिउँसो करिब साढे १२ बजे औरही नगरपालिका ४ कठुधार स्थित प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा पैदल यात्री तीनैजनालाई शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट नाइट्राभेट ट्याब्लेट ९९ पिस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।