धनुषा , ९ साउन //
धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेहरुमा जिल्लाको धनुषाधाम नगरपालिका–९ क्वाटर टोलका स्थानीय शेरू रानामगरकी छोरी १३ वर्षीया कुसुम राना मगर र रस्मित मगरकी छोरी १२ वर्षीया छोरी स्वीकृती मगर रहेकी छन्।
सार्वजनिक पोखरीमा नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जानकारी दिएको छ।