महोत्तरी ,२६ जेठ//
महोत्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर ३ खैरा गाउका स्थानीय किशोर सदाकी छोरी ६ वर्षीया छोरी आँचल रहेकी छन् ।
ँ बुधबार साँझ जलेश्वर नगरपालिका वडा नम्बर ३ खैरा गाउमा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।