धनुषा , ३० जेठ //
चट्याङ लागेर धनुषामा एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बस्ने भोगिन्दर दास तत्माका १३ वर्षीया छोरी रंजना कुमारी दास छन् ।
आइतबार बिहान हावाहुरी र बर्षासँगै खसेको चट्याँग लागेर रंजनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रंजना हावाहुरी आएपछि आँप बटुल्न खेततर्फ साथीहरुसँगै गएकी थिइन् ।
घरदेखि मात्र १५० मिटरको उत्तर तर्फ उनको मृत्यू भएको जनाइएको स्थानीयले बताएका छन् ।