धनुषा , १ असार //
धनुषामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका–९ बस्ने ४६ वर्षीय ज्ञानेन्द्र ठाकुर बरही रहेका छन् ।
बिरेन्द्रबजार यदुकुहा महिनाथ्पुर हुलाकी सडक अन्तर्गत भठिहन चौकमा मंगलबार दिउँसो सो दुर्घटना भएको हो ।
११ हजार भोल्टको तारबाट जोइन्ट भएर आएको डिसको तार घरमाथी फालिएको अवस्थामा छोइँदा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए ।
ठाकुरलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल जनकपुर पुर्याइएपनि उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए।