Thursday, January 30, 2025

करेन्ट लागेर ज्यान गुमाएका चौधरीका परिवारलाई सहयोग गर्ने नगरप्रमुख आचार्यको प्रतिवद्वता

पछिल्लाे समाचार


सर्लाही , २७ जेठ //
सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर ज्यान गुमाएका एक मजदुरको परिवारलाई नगरप्रमुख मनोजकुमार आचार्यले सहयोग गर्ने भएका छन् ।

बुधबार ईश्वरपुर नगरपालिका–७, मा करेन्ट लागेर मदिरा उत्पादन गर्ने स्कट एण्ड स्कर्टस् नेपाल प्रा.लि. मा कार्यरत ईश्वरपुर नगरपालिका–९, का ४० वर्षीय मनोज चौधरीको मृत्यु भएको थियो ।

चौधरीको परिवारलाई नगरप्रमुख आचार्यले व्यक्तिगत तर्फबाट किरिया खर्चबापत तत्कालै ५१ हजार रुपैयाँ दिने उद्घोष गरेका हुन् ।

त्यस्तै नगरप्रमुख आचार्यले मृतक चौधरीको एक छोरा र एक छोरीलाई निःशुल्क पठनपाठन गराउने र चौधरीको मृत्युपछि परिवारको सहारा नै गुमेकाले एक छोरालाई रोजगारीको प्रवन्ध मिलाउने प्रतिवद्धता जनाएका छन् ।

लामो समयदेखि सो मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा ‘अलराउण्डर’ भई काम गर्ने चौधरीलाई मोटर बनाउनेक्रममा करेन्ट लागेको थियो ।

चौधरीलाई करेन्ट लागेपछि बचाउन भन्दै गएका अन्य केहीलाई पनि करेन्टको झड्का लागेपनि उनीहरुको अवस्था भने सामान्य छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु