रौतहट , २९ जेठ //
रौतहटको चन्द्रनिगाहपुर स्थित चादी खोलामा बन्दै गरेको पुल ९ बर्ष पुग्न लाग्दा पनि निर्माण सम्पन्न भएको छैन।
तीन बर्षमा काम सम्पन्न गर्नुपर्ने सो पुल ९ बर्ष पुग्दापनि निर्माण सम्पन्न नहुँदा हरेक बर्ष गैडाटारबासीले बाढीमा परेर ज्यान गुमाउनु परेको छ ।
रौतहट क्षेत्रनं ४ का संघिय सांसद देवप्रसाद तिमलसिनाले चादी खोलाको पुल समयमा बनाउन माग राख्दै पटक पटक सांसदमा कुरा उठाउदै आएकाछन् ।
चादी खोलाको काम समयमा नगर्ने ठेकेरलाई सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले पटक पटक म्याद थप गरेका कारण ठेकेदारको मनोमानी बढेको स्थानीयको भनाइ रहेको छ ।
स्थानीयले सो पुलको काम चाडे सक्नका लागि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरलाई दवाव दिएको भएपनि सो कार्यालयले चाडो काम गर्नका लागि ठेकेदारलाई दवाव नदिएको गैडाटारका स्थानीय बासिन्दाले बताएका छन् ।
हरेक बर्षा याममा गैडाटारबाट चन्द्रनिगाहपुर आउने क्रममा चादी खोलाले बगाएर मान्छेको ज्यान जाने गरेको भएपनि पुलको काम चाडो गराउन सम्बन्धीत निकायले चासो नदिएको स्थानियहरु बताउछन।