Friday, January 31, 2025

सर्लाहीमा लामो समयदेखि महशुल नबुझाउने ७६ ग्राहकको लाईन काटियो

पछिल्लाे समाचार


सलार्ही ,२६ जेठ//
नेपाल विद्युत प्राधिकरणले सर्लाहीमा लामो समयदेखि महशुल नबुझाउने ग्राहकको लाईन धमाधम काट्न थालेको छ ।

जिल्लाको लालबन्दी, मलंगवा र बरहथवामा रहेका प्राधिकरणको वितरण केन्द्रहरुले महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेको हो । बुधबार एकैदिन ७६ जना ग्राहकको लाईन काटिदिएको लालबन्दी वितरण केन्द्रले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सन्जिव कुमार साहले बक्यौता रकम तिर्न बारम्बार ताकेता गर्दा पनि बेवास्ता गर्ने लालबन्दी क्षेत्रका ४१ र हरिवन क्षेत्रका ३५ जना ग्राहकको लाईन काटिएको जानकारी दिए । बाँकी बक्यौता नर्तिदासम्म ती ग्राहकको लाईन अब नजोडिने प्राधिकरणले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु