रौतहट , २७ जेठ //
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य फेरी बढाएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर ८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १२ रूपैयाँ बढाएको हो।
निगमले बिहीबार जारीको सूचनाका अनुसार पेट्रोलको मूल्य १७८ रूपैयाँ तोकिएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६५ रूपैयाँ कायम भएको छ ।
यस्तै, एलपी ग्यासको भने मूल्य यथावत नै रहेको छ ।
त्यस्तै, गत जेठ १९ गते (बिहीबार) नेपाल आयल निगमले पेट्रोल लगाएत डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटरमा १० रुपैयाँ घटाएको थियो ।