पर्सा , ३ असार //
पर्सामा दुई पक्षबीच झडप हुँदा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पकहाँमैनपुर गाउँपालिका वडा नमबर १ धोरेका ६५ वर्षीय दशैँ महरा रहेका छन्। छिमेकीसंग भएको सामान्य विवाद चर्किएपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
स्थानीय महेश राम र दशैँ महराबीच बिहीबार गएराति ११:२० बजेतिर झडप हुँदा वृद्धको मृत्यु भएको प्रहरीले जनाएको छ । झडपका क्रममा महेश रामले दशैँको टाउकोमा लठ्ठीले प्रहार गरेका थिए ।
लठ्ठीले प्रहारबाट बेहोस भएका दशैँलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याएपनि उपचारकै क्रममा हिजो गएराति १ बजेतिर वृद्धको मृत्यु भएको थियो । मृतकको शव पोष्टर्माटमका लागि सोही अस्पतालम राखिएको छ ।
यस्तै घटनामा संलग्न भएका पर्साकै छिपरमाई गाउँपालिका २ टिहुकीका ३२ वर्षीय अर्जुन राम र महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरि घटनाबारे अनुसन्धान भइरहेको तथा घटना पश्चात् फरार भएका महेशको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।