रौतहट ,३० जेठ //
नेपाली बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले बढेको छ ।
आइतबारदेखि चिनीको मूल्य प्रतिकिलो बढेर १०५ रुपैयँसम्म पुगेको नेपाल खुद्रा व्यापार संघले जनाएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ ।
भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाउंदा त्यसको प्रभाव नेपाल परेको व्यापारीहरुको भनाइ छ ।
थोक व्यापारीले चिनी लुकाएपछि बजारमा चिनीको खुद्रा मूल्य प्रतिकिलो १०५ रुपैयादेखि ११० रुपैयासम्म कायम भएको छ ।