रौतहट ,३१ जेठ //
गुजरा नगरपालीका ४ का निर्वाचित वडाअध्यक्ष सहित ६ जनामाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरको मुद्दा दर्ता भएको छ ।
आफूसहित आफनो परिवारलाई ज्यान मार्ने प्रयास गरेको भन्दै गुजरा नगरपालिका–४ निवासी शेख ओसि अख्तरले ईलाका प्रहरी कार्यालय बिजयपुरमा सोही वडाको निर्वाचित वडाअध्यक्ष झमक प्रसाद चौंलागाँइ सहित शेख जहुर आलम, शेख जफिर आलम, शेख मुजम्मिल, सेराज भन्ने मतिउर रहमान र मुस्तुफा भन्ने शेख उस्तफरमाथि जाहेरी दर्ता गराएका हुन् ।
स्थानीय तहको निर्वाचनमा विजयी भएपछि र्याली निकाल्ने क्रममा उनीहरुले एकै परिवारका ७० बर्षीय शेख जियाउल हक, ४० बर्षिय शेष ओसि अख्तर १८ बर्षिय शेख जमसैद, ६५ वर्षीय इस्लामुन सेखिन र ३५ बर्षिय इस्लामुन सेखिनलाई धारीलो वाँसको फराठाले निर्घात कुटपिट गरेको अख्तरले बताएका छन् ।