Thursday, January 23, 2025

चार वर्षीय नाबालिकालाई बलात्कार गर्ने एक पुरुषलाई जन्मकैद

पछिल्लाे समाचार


पर्सा , १ असार //
पर्सा जिल्ला अदालतले चार वर्षीय नाबालिकालाई बलात्कार गर्ने एक पुरुषलाई जन्मकैदको फैसला सुनाएको छ ।

अदालतले मंगलबार नाबालिकालाई जबरजस्ती करणी गरेका पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ का देवशंकर चौधरीलाई जन्मकैदको फैसला गरेको हो ।

अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले देवशंकरविरुद्ध जन्मकैदको फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।
फैसलामा पिडितको पारिवारको आर्थिक अवस्था समेतलाई विचार गरी प्रतिवादीबाट पीडितले दफा २२८ बमोजिम क्षतिपूर्तिबापत १ लाख रुपैयाँ क्षतिपूर्ति भरी पाउनेसमेत ठहर गरेको उल्लेख छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु