रौतहट , ३१ जेठ //
रौतहटको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले समयमा विद्यालय नआउने शिक्षक शिक्षिकालाई कार्वाही गर्ने चेतावनी दिएका छन् ।
उनले सोमबार आफ्नो वडाको ३ वटा विद्यालयको अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा केही शिक्षकहरु नियमित रुपमा पढाउन लागि विद्यालय नआउने गरेको पाईपछि त्यस्तो चेतावनी दिएका हुन ।
बसन्त आधरभुत विद्यालय बसन्तपुरमा दुई जना थाइ शिक्षक नियमित रुपमा विद्यालय नआउने गरेको पाईएपछि वडा अध्यक्ष चौधरीले उनीहरु नियमित रुपमा विद्यालय नआए नियम अनुसार कार्वाही हुने चेतावनी दिएका थिए ।
सो विद्यालयमा बहु कक्षा संचालनमा रहेको र अवका दिन त्यसरी बहुकक्षा संचलान नगर्न समेत प्रधानाध्यापक राजेन्द्र चौधरीलाई निर्देशन दिएका थिए ।
वडा अध्यक्ष चौधरीले सो विद्यालयको बाहिर बर्षाको पानी जमेका कारण बालबालिकालाई समस्या भएको पाईएपछि वडा अध्यक्ष चौधरीले तत्काल सो स्थानमा माटो हाल्न निर्दैशन दिएको प्रधानाध्यापक राजेन्द्र चौधरीले बताए ।
वडा अध्यक्ष चौधरीले सोमबार दलित प्रावी बेतौना ,बालकल्याण आधारभुत विद्यालय सन्तपुरमा गएर विद्यालयको अवस्थाका बारेमा जानकारी लिएका थिए ।