रौतहट , २ असार //
गरुडा नगरपालिकाका मेयर कन्थमणी प्रसाद जयसवालले उद्योग बाणिज्य संघ लाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
बुधबार उद्योग बाणिज्य संघ गरुडाद्वारा आयोजित मेयर सम्मान कार्यक्रममा उनले उक्त घोषणा गर्नुरेका हुन्।
मेयर जयसवालले संघमा आवद्ध व्यावसायिहरुको व्यावसायिक हकहित, व्यावसायिक क्षमता वृद्धि बिस्तार र प्रगतिको लागी गरुडा नगरपालिकाले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुका साथै संघको भवन तत्काल संचालनमा ल्याऊन नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएका हुन्।
गरुडा नगरपालिकाका नवनिर्वाचित मेयर कन्थमणी जयसवाललाई उद्योग बाणिज्य संघका अध्यक्ष हरेन्द्र साहले दोसाला ओढाएर सम्मान गरेका थिए ।