रौतहट , २ असार //
कटहरियाका नगर प्रमुख अजय प्रकाश जयसवाल जनताको काममा सक्रिय भएर लागेका छन् ।
नव निर्वाचित नगर प्रमुख जयसवालले चुनावका बेला जनतासँग गरेको प्रतिबद्धता पुरा गर्न नगरका विद्यालय, अस्पताल, सडक लगाएतको अवस्था अनुगमन गर्ने कार्यलाई तिव्रता दिएका छन् ।
नगर प्रमुख जयसवालले बिहिवार कटहरिया नगरपालिका वडा नं. २ हथियाही स्थित रहेको आधारभुत विद्यालयमा छड्के अनुगमन गरेका छन् ।
अनुगमनको क्रममा सो विद्यालयमा कार्यरत शिक्षकहरुले चरम लापरवाही गर्ने गरेको फेला परेको छ ।
नगर प्रमुख जयसवालले अनुगमनको क्रममा विद्यालयमा सर–सफाईको कमी, शिक्षकहरु बालबालिकाकाे पढाउनेमा कमिकमजाेरी तथा दिवा खाजा समेत राम्राे नभएकाे बताए ।
नगर प्रमुख जयसवालले नियमित रुपमा विद्यालय आउन शिक्षकहरुलाई निर्देशन दिदै नियमित समयमा विद्यालय नआउने शिक्षकहरुलाई कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
शिक्षकहरुलाई बालबालिकालाई पठन पाठनमा लापरवाही नगर्न ,यदि गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिएका हुन् । मेयर जयसवालले विद्यालयमा छिटाे शिक्षक थप गर्ने , डेक्स बेन्च ,खेलकुदकाे सामग्री तथा भवनकाे व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए।
आफु जनताकै काम गर्नका लागि मेयर बनेकोले कार्यालयमा मात्र नबसी गाउँ गाउँ घुमेर जनताको समस्या बुझ्ने र ति समस्यालाई समाधान गर्ने कार्यमा लागेको मेयर जयसवालले बताए ।