Wednesday, January 22, 2025

ईश्वरपुरमा केही दिनअघि भएको एक लुटपाटको घटनामा संलग्न तीन युवक पक्राउ

पछिल्लाे समाचार


सर्लाही , ३० जेठ //
सर्लाहीको ईश्वरपुरमा केही दिनअघि भएको एक लुटपाटको घटनामा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका–४, बस्ने १९ वर्षीय मुकेश बराल, सोही ठाउँका २२ वर्षीय मेघराज थापा र ईश्वरपुर नगरपालिका–६, का ३१ वर्षीय सुनिल लामा रहेका छन्।

जिल्लाको ब्रम्हपुरी गाउँपालिका–६, पिपरा टोल बस्ने २८ वर्षीय राजेश कपडी सुढीमाथि जेठ २५ गते लुटपाट भएको थियो ।
उनी दक्षिणतर्फबाट उत्तरतर्फ बीआर ३० क्यू ७४६६ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा दुईवटा मोटरसाइकलमा रहेका अपरिचित चार जना युवकले ईश्वरपुर नगरपालिका–७, धनपती डाँडास्थित जंगलको बाटोमा बाटो छेकेर लुटपाट गरेका थिए ।

सुढीमाथि गालीबेइज्जती र कुटपीट गरी ती अपरिचित युवाको समूहले उनको साथमा रहेको एक हजार दुई सय रुपैयाँ लुटेर लगेका थिए । उनीहरुलाई जेठ २६ गते साँझ नै ईश्वरपुर नगरपालिका–४, खाल्टे बजारबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।

तीनै जनालाई डाका मुद्दामा बयलवासस्थित केशरगन्ज प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको तथा घटनामा संलग्न रही फरार रहेका अर्का एक युवकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु