Saturday, January 25, 2025

आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एक जनप्रतिनिधि पक्राउ

पछिल्लाे समाचार


बारा , २७ जेठ //
बाराबाट आफ्नै छोरीलाई करणी गरेको अभियोगमा एकजना नवनिर्वाचित जनप्रतिनिधि पक्राउ परेका छन् ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा एमालेबाट निर्वाचित वडा सदस्य ४० वर्षीय टल्‍के थिङ्गलाई विगत ५ वर्षदेखि आफ्नै छोरीलाई बलत्कार गरिरहेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ

इलाका प्रहरी कार्यालय सिमराका अनुसार छोरीले दिएको किटानी जाहेरीको आधारमा थिङ्गलाई बुधबार दिउँसो पक्राउ गरिएको हो।
बिहिबार बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

थिङ अवकाश प्राप्त प्रहरी सहायक निरीक्षक (असई) पनि हुन् । उनले आफ्नी जेठी छोरीलाई १४ वर्षको उमेरदेखि बलात्कार गर्दै आएको बुझिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु