रौतहट , २ असार //
रौतहटको नेपाल भारत सीमा क्षेत्रबाट नक्कली नोटसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका २३ वर्षीय संजय सक्सेना रहेका छन्।
गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बंकुलबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सक्सेनाको साथबाट करिब ९६ हजार भन्दी बढी नक्कली रकम बरामद भएको रौतहट प्रहरीले जनाएको छ।
नक्कली नोटसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।