महोत्तरी , ३० जेठ //
महोत्तरीमा १६ वर्षीया किशोरीलाई जबर्जस्ति करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको मटिहानी नगरपालिका–५ बस्ने ३२ वर्षीय जितेन्द्र यादव रहेका छन्।
सोमबार बिहान प्रहरी चौकी धिरापुरबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।