रौतहट ३०,जेष्ठ । गरुडा नगरपालिकाका नवनिर्वाचित मेयर कन्थमणी जयसवालले आउने बजेटमा सबै वडालाई समेटेर ल्याईने बताउनु भएको छ । गरुडामा आयोजित नेकपा एमालेको समिक्षा बैठक तथा सम्मान कार्यक्रममा उहाले यस्तो बताउनु भएको हो। स्थानीय तहले प्रत्येक वर्षको असार १० गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने अवधारणा रहेकोले बजेट ल्याउने गृह कार्यमा नगरपालिका जुटी सकेको समेत उहाले बताउनु भयो ।
आफु नेकपा एमाले पार्टी बाट जितेपनि सम्रग नगरवासीको हितको लागी समग्र बिकासमा लाग्ने बताउनु भयो । कुनै राजनैतिक पार्टीगत, गुटगत, जातिय, धार्मिक भेदभाव नराखी सम्पुर्ण राजनीति दलका प्रतिनिधीहरु संग हातेमालो गर्दै सल्लाह-सुझाव र सहकार्य सहित जनता सँग गरेका प्रतिबद्धतालाई स्मरण गर्दै अहोरात्र खटेर काम गने बिश्वास दिलाऊनु भयो।
उहाले महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, पिछडिएको समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू, सामाजिक, आर्थिक, शैक्षिक रूपमा पछाडि परेका व्यक्ति तथा समुदाय लाई समेटिने भन्नु भयो । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणमाको भावना जागृति गर्दै आफ्नो सम्पुर्ण जीवन राजनीतिमै बिताउने उनले बताईन् ।
पाँच वर्षको कार्यकालमा आफ्नो नगरलाई नमुना नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शिक्षा, स्वास्थ्य,खानेपानी जस्ता मानवन जिवनका महत्त्वपूर्ण पाटोलाई नजिकै बाट निहालेर नगर बासीलाई नमुना सरकारको आभाष दिलाउने बताउनु भयो ।