Thursday, January 23, 2025

बारामा किशोरीको बलात्कार पछि जबरजस्ति गर्भपतन, आरोपित युवक र डाक्टर फरार

पछिल्लाे समाचार


बारा , ३० जेठ //
बाराको प्रसौनीमा एक किशोरीमाथि सामूहिक बालात्कार भएको घटना बाहिरिएको छ ।

प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीय किशोरीका अभिभावकले उनिसँग भएको ज्यादतीको बारे प्रहरीमा जानकारी गराएपछि घटना बाहिर आएको हो ।

तीन महिनाअघि सामूहिक बलात्कृत भएकी १६ वर्षीया किशोरी गर्भवती भएको खबर आरोपीलाई थाहा भएलगत्तै पून:जबरजस्ती ती युवतीलाई शनिबार राति डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको बारा प्रहरीले जनाएको छ ।

किशोरीलाई करणी गरेपछि आरोपीले ज्यान मार्ने धम्की दिएको कारण घटना कसैलाई पनि थाहा हुन सकेको थिएन् ।
बाराका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार “महिनावारी (रजस्वला) रोकीएपछि आफू गर्भवती भएको बिषयमा आरोपीलाई भेटेर बताएपछि शनिबार राती उनीहरुले गर्भपतन गराएको पीडित किशोरीकी आमाले बताएकी हुन्” ।

आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको घटनाबारे आफ्नो परिवारजनलाई बताएपछि घटना बाहिर आएको प्रवक्ता थापाले बताए ।

पीडितले घटनाबारे बताएपछि आरोपी दुवै जनासहित डाक्टर महतोविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् फरार भएको आरोपी तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी बाराले जनाएको छ ।

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको बारा प्रहरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु