Saturday, January 25, 2025

निजगढ विमानस्थल बनाउन खानेपानी मन्त्रि उमाकान्त चौधरीको नेतृत्वमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण

पछिल्लाे समाचार

२८ जेठ । निजगढमा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि जनाउंदै खानेपानी मन्त्रि उमाकान्त चौधरी नेतृत्वको टोलीले प्रधानमन्त्री शेरबहादुर देवाको ध्यानाकर्षण गराएकोछ । मन्त्रि चौधरी नेतृत्वको टोलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवालाई ज्ञापनपत्र पेश गर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन आग्रह गरेकोहो । भेटमा प्रधानमन्त्री देउवाले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आगामी आर्थिक वर्षकोलागि सरकारले बजेट विनियोजन गरेको जनाउनुहुदै कानुनि वाधा अड्चन फुकाउदै विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने जनाउनुभएकोछ । मन्त्रि चौधरी नेतृत्वको टोलीले निजगढ विमानस्थल निर्माणकोलागी यसअघि पुर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल,माधवकुमार नेपाल,संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रि प्रेम आले,कानुन न्याय तथा संसदीय मामिला मन्त्रि गोबिन्द प्रसाद शर्मा र वन तथा वातावरण मन्त्रि रामसहाय प्रसाद यादवलाई समेत ध्यानाकर्षण गराउंदै ज्ञापनपत्र बुझाएकोथियो । ध्यानाकर्षण गराउने क्रममा निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणकोलागी उच्च राजनैतिक नेतृत्वको तर्फबाट सकारात्मक प्रतिक्रिया पाएको टोलिमा सहभागी निजगढका पुर्व मेयर सुरेश कुमार खनालले बताउनुभयो । उच्च राजनैतिक नेतृत्वको ध्यानाकर्षण गराउने क्रममा टोलीले विमानस्थल निर्माण हुने क्षेत्रमा समावेश भएका टांगियावस्ती र काटगँउ लगायतका वस्तीको उचित मुआव्जा व्यवस्थापन गर्न,विमानस्थल बनाउँदा तत्कालको आवश्यकता भन्दा बढी क्षेत्रफल प्रयोग नगरी आवश्यकता अनुसारको पूर्वाधार निर्माण गर्दै वनको न्युनतम क्षेत्रलाई प्रयोग गर्न,वास्तविक वातावारणीय क्षतिको अध्ययन गरि अविलम्व पर्यावरणीय समस्याको समाधान गरि आयोजना कार्यान्वयन गर्न,विमानस्थल क्षेत्रमा कुनै प्रकारको आधुनिक शहर विकास गर्नुको सट्टा निजगढ,कोल्हवी र जितपुरसिमरालाई आधुनिक शहरको रुपमा विकास गर्न,विमानस्थल निर्माण कार्य अघि बढाउन अधिकार सम्पन्न सर्वपक्षीय स्थानीय सहजीकरण तथा समन्वय समिति निर्माण गर्न सुझाव दिईएको पुर्व मेयर खनालले बताउनुभयो । मन्त्रि चौधरी नेतृत्वको टोलीमा निजगढका पुर्व मेयर खनाल सहित चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धनका अध्यक्ष युवराज लामा,नेपाल तेक्वान्दो संघ मधेशका अध्यक्ष पेमासिद्धि लामा,नेपाली कांग्रेसकि नेत्री माला लामा,नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटि सदस्य रविराज दंगाल, नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ क का सभापति टेक बहादुर लामा,नेपाली कांग्रेस निजगढका सभापति पेमासिद्धि लामा,नेकपा माओवादी केन्द्र निजगढका अध्यक्ष सन्तोष दंगाल लगायत बाराका सरोकारवालाहरु रहनुभएकोछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु