रौतहट , ३० जेठ//
रौतहटको वृन्दावन नगरपालिकामा चारकोठे विद्यालय भवनको शिलान्यास गरिएको छ। वृन्दावन नगरपालिका २ स्थित,श्री नेपाल माध्यमिक विद्यालयमा नगर प्रमुख विनोद प्रसाद कुर्मीले सो भवनको शिलान्यास हुन्।
सोमबार मध्यान्ह एक कार्यक्रमको बिच, विद्यालय प्रागंणसगै रहको जग्गामा बैदिकविधि अनुसार पुजापाठ गर्दै नगर प्रमुख कुर्मीले सो भवनको शिलान्यास गरेका हुन्।
रास्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख रकममा बन्ने एकतले भवनमा ४ ओटा अत्याधुनिक कोठाहरु निर्माण गरिने नगर प्रमुख कुर्मीले बताए । उनले सो विद्यालयका प्रधानाध्यापक प्रेमलाल पटेलको अथक प्रयास पछि निर्माण हुन गइरहेको बताए
शिलान्यास कार्यक्रममा नगर प्रमुख कुर्मीले सो भवनमा कक्षाकोठा,पुस्कालय ,कम्प्युटर तथा विज्ञान प्राविधिक प्रयोगशाला लगायतका सबै अत्याधुनिक कक्षहरु संचालन गर्नसकिने व्यवस्था गरिएको जानकारी दिए।
शिलान्यास कार्यक्रममा वृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको साथै वडा नम्बर १ का वडा अध्यक्ष रामनाथ सहनी,वडा नम्बर ६ का मजहर मंसुर र सो विद्यालयका प्रधानाध्यापक प्रेमलाल पटेल, विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका र विधार्थीहरु लगायत स्थानीयहरूको सहभागीता रहेको थियो ।