Friday, January 31, 2025

गरुडा नगरले आफ्नै भवन बनाउने र एम्बुलेन्स खरिद गर्ने निर्णय

पछिल्लाे समाचार


रौतहट ,२७ जेठ //
रौतहटको गरुडा नगरपालिकाले एम्बुलेन्स किन्ने निर्णय गरेको छ । बुधबार नगरपालिकाको सभाहलमा बसेको बैठकले नगरपालिकाबाट एउटा एम्बुलेन्स किन्ने निर्णय गरेको हो।

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले पुर्व घोषणा गरे अनुसार र निर्वाचित भए पछि गरेको बाचा अनुसार बोर्डको पहिलो बैठकमा नै बहुमतले एम्बुलेन्स खरिद गर्ने नियर्ण पारित गरेको छ ।

नगरमा एम्बुलेन्स नहुँदा गर्भवति देखि सर्वसाधारण मानिसहरु बिरामि पर्दा उपचार गराउनमा निकै नै कठिनाई भईरहेको मध्य नजर गर्दै नगर प्रमुख जैसवालले एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको हो ।

नगरमा एम्बुलेन्सको कमिले नगरका कुनै पनि गरिब ,दिन ,दुखि ,असाहाय तथा गर्भवति महिलाहरुलाई अस्पताल सम्म पुर्याउन असहज नहोस भनि उदेश्यले नगरपालिकामा आवश्यकता रहेको र किन्ने नियर्ण गरेको मेयर जैसवालले बताए ।यस्तै गरुडा नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण गर्ने भएको छ।

नगरपालिका बिगत चार बर्ष देखि भाडामा सँन्चालन हुँदै आईरहेको थियो। बुधबार मेयर जैसावलको अध्यक्षतामा बसेको पहिलो नगरकार्यपालिकाको बैठकले प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो।
मेयर जैसवालको पुर्व घोषणा मध्ये गरुडा नगरपालिकाको आफ्नै प्रशासनिक भवन बनाउन घोषणा एक हो । नगरपालिकामा बिभिन्न प्रशाशकिय ,शिक्षा ,प्राबिधिक शाखा ,सुचना तथा प्रबिधि शाखा लगायत अन्य शाखा सन्चालन गर्न मासिक धेरै खर्च हुँदा पनि कार्यालय सँन्चालन गर्न निकै कठिन भईरहेको कर्मचारीहरुले बताएका छन ।
मेयर जैसवालले समाजका लागी भलो हुने कार्यलाई निरन्तरता दिएको बताए । साथै उनले नगरपालिकाको मातहातमा रहेको अस्पतालहरुलाई छडके चेकजाँच तथा अनुगमनमा पनि तिब्रता दिएको पाईएको छ ।

मेयर जैसवालले नगरपालिका भित्र रहेको सम्पुर्ण सरकारी अस्पतालहरुलाई स्वच्छ सफा सुन्दर र गएल चिकितस्कहरुलाई नियमित डिउटी गर्न तथा सरकारी अस्पतालबाट पाउने पर्ने औषधिहरु सेवाग्राहीलाई प्रदान गर्न निर्देशन दिएका छन् ।
मेयर जैसवालले सरकारी अस्पतालमा कुनै प्रकारका औषधि कमि हुँदा नगरपालिकामा सिधा सम्पर्क गर्न निर्देशन समेत दिएका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु