रौतहट ६ जेठ / मौलापुर नगरपालिका वडा ८ मा प्रहरी ले प्रहरीलाइ नै कुटपिट गरि घाइते बनाएका छन ।
कुटपिट घटनामा नेपाल प्रहरीका असई कमलेश यादवले एकजना हवल्दार र उनका भाइलाई घरेलु हतियार प्रयोग गरि दुइजना लाई घाइते बनाएका छन ।
पर्सा जिल्लाको विपत व्यवस्थापन शाखामा कार्यरत रहेका असइ यादव चुनावको लागी बारा जिल्लाको चिउटाहमा खटाइएकाथिए । असइ यादव आफ्नो घर रौतहट जिल्लाको मौलापुर नगरपालिका ८ सोनरनिया आएका थिए । बाराको चिउटाहा र रौतहटको सोनरनिया नजिकै पर्छ ।
असई कमलेश यादवले ट्राफिक प्रहरीका साहयक हवल्दार राजकिशोर यादव र उनका भाइ सिकन्द्र यादवलाई कुटपिट गरेको प्रहरीले जनाएको छ ।कुटपिटबाट दुवैजना घाइते छन् ।
बारास्थित आदर्श कोतवाल गाउँपालिकामा मतगणनामा खटिएका असई यादव हतियार सहित बारा बाट रौतहट आएको बताइएको छ ।
घट्नापछि असई यादव बारामा पुगेका छन । कुटपिट बाट घाइते दुवैजनाको गौर स्थित जिल्ला अस्पतालमा उपचार भई रहेको छ ।
घाइते ट्राफिक सहायक हवल्दार बारा कै लंँगडा चोकस्थित अस्थायी ट्राफिक पोष्टमा कार्यरत छन् । उनको घर पनि सोनरनिया हो ।
घट्ना लगत्तै असई यादवलाई पक्रने प्रयास गरे पनि उनी भागेर बारा जिल्ला हाजिर भएको इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक नन्दकिशोर चौहानले ानकारी दिए । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरी निरिक्षक चौहानको भनाइ छ ।
यस्तै रौतहटको कटहरिया नगरपालिका ३ का निबर्तमान वडा अध्यक्ष उमेश यादव ले सर्वसाधारण कुटेको आरोप छ ।
निबर्तमान वडा अध्यक्ष उमेश यादव र उनका भाइ महेश यादवले छिमेकी कृष्णनन्दन यादव,उनको श्रीमती रिता देवि लाई रातिदेखि नै गालिगलौज गर्दै शुक्रवार बिहान कुटपिट गरेको पिडितको गुनासो छ ।
कृष्णनन्दन यादवको टाउको फुटेको तथा उनको श्रीमतीको शरिरमा चोटपटक लागेको ले उनीहरुको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा उपचार गरिएको छ ।
निबर्तमान वडा अध्यक्ष उमेश यादवले भने कोहि कसैलाइ कुटपिट नगरेको बताएका छन ।
ईलाका प्रहरी कार्यालय कटहरियाका सई सुरेन्द्र सिंहले पुरानो रिसइबिका कारण कुटपिट भएको र अनुशन्धान भैइरहेको बताए ।
चुनाव पछि यस्ता अपराधिक गतिबिधी हुन नदिन प्रहरी चनाखो र सकृय रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।