Wednesday, January 22, 2025

सर्लाहीमा युवकको नांगो शव फेला परेपछि कुकुर झिकाएर अनुसन्धान सूरु

पछिल्लाे समाचार


सर्लाही , १८ बैशाख //
सर्लाहीको हरिपुर नगरपालिका–१, मूर्तिया जंगलमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान थालेको छ ।

शनिबार अपरान्ह साँढे ४ बजे रौतहट जिल्लाको गुजरा नगरपालिका–२ निवासी ३१ वर्षीय विष्णु घिसिङको भित्री गञ्जी मात्रै लगाएको र शरिरका अन्य भाग पूरै नांगो अवस्थामा शव मूर्तिया जंगलमा फेला परेको थियो । बागमती सिचाईं आयोजनाको गढैया शाखा नहरभन्दा केही पश्चिम मुक्तेश्वर सामुदायिक वन क्षेत्रको माथिल्लो भागमा घिसिङको शव फेला परेको हो ।

वनमा दाउरा काट्न जानेले घाँटी रेटिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक घिसिङ रौतहटबाट बरहथवा नगरपालिका–९, मूर्तिया निवासी दिदी–भिनाजु पर्ने आफन्तकोमा आएका थिए । शनिबार दिउँसो जंगलमा दिदीसँगै दाउरा काट्न गएका घिसिङको घाँटी रेटिएको अवस्थामा शव फेला परेको हो ।

युवकको हत्या भएको हुन सक्ने अनुमान गरिएकोले अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट कुकुर समेत झिकाएर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशंकर यादवले जानकारी दिए । शनिबार राती ७ बजेदेखि झण्डै दुईघण्टा कुकुरलाई जंगल क्षेत्रमा छाडिएको थियो ।

कुकुरले गरेको शंका तथा प्रहरी अधिकारीहरुको समेत शंकाका आधारमा भिनाजु नाता पर्ने सहित तीनजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु