Thursday, January 23, 2025

सप्तरीमा दोस्रो स्थानीय तहमा जनमतको जित

पछिल्लाे समाचार


सप्तरी , ५ जेठ //
डा. सीके राउतको जनमत पार्टीले सप्तरीमा दोस्रो स्थानीय तहमा जित हासिल गरेका छन् ।

सप्तरीको बलान बिहुल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा जनमत पार्टीका उम्मेदवार विजयी भएका हुन् । जनमत पार्टीबाट खेमचन्द्र यादवले काँग्रेसका नविन कुमार झालाई ७ सय ४७ मतान्तरले पराजित गर्दै पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।

यादवले २ हजार ९ सय ९४ मत पाएका छन् भने उनका प्रतिस्पर्दी काँग्रेसका झाले २ हजार २ सय ४७ मत प्राप्त गरेका छन् ।

यस्तै गाउँपालिका उपाध्यक्षमा जनमत पार्टीकै रेणु यादव २ हजार ६ सय ९० मत ल्याएर विजयी भएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी आशा देवीले २ हजार ३ सय ४ मत प्राप्त गरेकी छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु