मुकेश कुमार साह,रौतहट २३ बैशाख । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाइ रौतहटबासीले नेता मान्नु नै गल्ती भएको बताएका छन् । शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित आम सभालाइ सम्बोधन गदै एमाले अध्यक्ष ओलीले नेपाललाइ अब नेता मानेर फेरी त्यस्तो गल्ती नगर्न समेत सुझाएका हुन् । तराइकै अन्य जिल्लाहरुमा बिकाशले फडको मारिरहदा रौतहट भने जस्ताको त्यस्तै रहनुको मुख्य दोषी माधव नेपाल नै भएको समेत उनको आरोप छ । उनले भने‘ माधब नेपाल कै कारण रौतहटको बिकाश हुन सकेन ,पठाएको बजेट समेत फ्रिज गर्ने नेतालाइ किन नेता मानिरहनु परो ?’ ।
अर्को प्रसंगमा उनले भरतपुरमा मत माग्न गएका प्रचण्ड जनतालाई थर्काएर आएको बताए। उनले अब जनता सचेत भईसकेको हुनाले अब कसैको डर-धम्कीमा नपर्ने समेत भने ।
यस्तै उनले रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख उमेदवार शिव आचार्यलाइ जिताएर पठाए चन्द्रपुर नगरपालिकाको बिकाशको जिम्मा आफुले लिने बताएका छन ।
शिव आचार्य मेरो प्रतिनिधिको रुपमा चन्द्रपुर नगरपालिकाको काम गर्नेछन आम मतदाताहरुले ढुक्क भएर एमालेका उमेदवारलाइ जिताउन ओलीले आग्रह गरे ।
यस्तै आज सम्पन्न रौतहटको गौरमा सम्पन्न चुनाबी सभामा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीले गठबन्धन सरकारले देशको दस महिना खेर फालेको आरोप लगाएका छन्।
गठबन्धनको चितवनमा बिहीबार भएको संयुक्त आमसभामा बोलेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डको वक्तव्यको खरो आलोचना गरेका छन्।
ओलीले प्रचण्डको धम्किलाई रुखको हाङ्गामा बसेर हाङ्गा हल्लाउँदै मान्छे तर्साउने बादरको संज्ञा समेत दिए। ४९ वर्षअघि रौतहटमा भूमिगत बसेर राजनीति गरेको बताउँदै यहाँको जेलमा बसेर हत्कडी लगाई बिरगंज हुँदै काठमाडौं पुर्याइएको पनि ओलीले सम्झेका छन्।
रौतहटसंग आफ्नो भावनात्मक र प्रत्यक्ष सम्बन्ध रहेको बताएका ओलीले जिल्लाको विकासमा आफूले महतपूर्ण योगदान दिएको बताए।
कुनै ताका एमाले र ओलीलाई मधेसमा प्रवेश निषेध गर्नेहरुले आफ्नो पेट मात्रै भरेको तथा जनताको समस्यालाई जहाँको त्यही छाडेको बताउँदै ओलीले मुख्य गरी मधेसवादी दलप्रति कटाक्ष गरेका छन्।
कार्यक्रममा एमाले स्थायी समिति सदस्य प्रभु साह लगायतले नेकपा एमालेले मात्रै मधेसको विकास गर्ने बताएका छन् ।
रौतहटको चन्द्रपुर र गौरमा भएको नेकपा एमालेको चुनाबी सभाको फोटोहरु हेर्नुहोस