Friday, January 24, 2025

प्रचारका लागि टागिएका झण्डाहरु आफै हटाउँदै उम्मेदवारहरु

पछिल्लाे समाचार


रौतहट, ६ जेठ / /
चुनाव सकिएको एकसाता बित्न लाग्यो । जिल्लाको धेरै पालिकाको टोलटोलमा प्रचारका लागि टागिएका झण्डाहरु अलपत्र छन ।
बजार , टोल नै झण्डा, ब्यानरले छोपे जतिकै छ । चन्द्रपुरका सडक किनारका बिजुलीका पोल, रुख मा राता, सेता झण्डा हजारौ टागिएका थिए ।
तर रौतहटको चन्द्रपुर नपा ४ का नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेद्वार डिम कुमार दुलालले वडाका विभिन्न टोलमा राखेको झण्डा निकाल्ने अभियान थालेका छन ।
जितेकाहरु बिजय जुलुसमा छन । भोजमा छन ।खुशीयाली साटासाटमा छन । तर हारेका यी उम्मेद्वार भने मतदाता लाई धन्यवाद दिदै झण्डा संकलनमा व्यस्त छन ।
दुलालले भने ,” चुनाव हारेपनि चन्द्रपुरको मुख्य बजार रहेको वडालाइ सफा र सुन्दर बनाइराख्ने दायित्व हामी सवैको हो ।”
मुख्य चोक बजार रहेको वडामा नेकपा माओवादी केन्द्रले राखेको झण्डा, व्यानर हटाउन लागेको दुलाल ले बताए ।
आफ्ना शुभचिन्तक सहित बिहिवार देखि नै उम्मेद्वार दुलाल यो अभियानमा छन ।
पछि पनि झण्डा कामलाग्ने र चोक, बजार सफा पनि देखिने भएकाले चुनावमा राखिएका सामाग्री हटाउन नेता कार्यकर्ताहरुलाइ सुझाउ दिएको नेकपा माओवादी केन्द्रका रौतहट इन्चार्ज तथा केन्द्रीय सदस्य युवराज भट्टराइले बताए ।
सवै पार्टीले यसरीनै झण्डा, व्यानर हटाएर बजार सफा बनाउनु पर्ने सर्वसाधारणहरुको समेत सुझाव रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु