रौतहट , ८ जेठ //
रौतहटको गुजारा नगरपालिकामा पुरानै मेयर दोहोरिएका छन्।
गुजाराका मेयरमा जनता समाजवादीका सन्तलाल प्रसाद चौधरी विजयी भएका छन्। उनले ५ हजार १ सय ४३ मत ल्याई विजयी भएका हुन्।
चौधरीले ५ हजार १ सय ४३ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिस्पर्धी नेकपा एसका केशव रायले ४ हजार ७ सय ९९ मत हासिल गरेका छन्।
चौधरी ३ सय ४४ मतान्तरले विजयी बनेका हुन्। यस्तै नेकपा एमालेका तर्फ़बाट उम्मेद्वारी दिएका एक्रामुल हकले ४ हजार ४ सय ९ मत पाएका छन्।
यस्तै उपमेयरमा नेपालि कांग्रेसका रत्न लामा विजयती भएका छन्। उनले ६ हजार १० मत ल्याई विजयी बनेका हुन्। लामाले ६ हजार १० मत ल्याउदा उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रानी कुमारी चौधरीले ४ हजार १ सय ८१ मत हासिल गरेकी छन्।
यस्तै नेकपा एसका एत्वरिया देवीले भने ३ हजार ४ सय ८३ मत ल्याई तेस्रो भएकी छन्।