सिरहा , ८ जेठ //
सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या भएको छ
सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीका अनुसार शनिबार राति जिल्लाको अर्नमा गाउँपालिका वडा नम्बर १ महनौरका अन्दाजी ६० वर्षीय चुलाही (चन्देश्वर पाल) र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको हत्या भएको हो।
जेठ ११ गते विवाह हुन लागेकोले सन्त कुमारको घरमा विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेकोले विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु(छोराको हत्या भएको प्रवक्ता बुढाथोकीले जनाए ।
बुढाथोकीले मृतक दुवै जनाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार भएको निसान देखिएको जनाए । मृतक चुलाही एकलै सुतेको र सन्त कुमारसँग गाउँकै अन्दाजी १२ वर्षीय बालक सुतेको थियो ।
हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाए लगत्तै घरका अन्य सदस्यलाई बताएपछि परिवारजनले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे अनुसन्धानका लागि कुकुर समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ ।