सप्तरी ,६ जेठ //
सप्तरीमा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित एक जनप्रतिनिधिको मृत्यु भएको छ ।
जिल्लाको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको मृत्यु भएको हो।
शुक्रवार बिहान सुतिहार सुतेकै अवस्थामा मृत अवस्थामा फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए ।
मतपरिणाम सार्वजनिक भएपछि सुतिहार बिहीबार विजय जुलुस मनाएर घर फर्किएका थिए । खाना खाएर सुतेका उनको निधन भएको बताइएको छ ।
जनता समाजवादी पार्टीको तर्फबाट विजयी सुतिहार वडा सदस्यमा ४ सय ७४ मत प्राप्त गरेका थिए।